राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज

hitkhabar.com


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । आइतबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बस्ने कार्यक्रम तय भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्न लागेको हो । बैठकमा रुपन्देही–३ मा उम्मेदवार छनोटको मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया