पश्चिमी प्रणालीको प्रभाव: देशभर आंशिक बदली, केही ठाउँमा वर्षा हुने

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित अन्य पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने जनाइएको छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसममा हुने यस्तो परिवर्तनले दैनिक जनजीवन तथा यात्रामा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया