काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले वृद्धि भएको हो।
आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबारको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।
10 Apr 2026