काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ। नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका दुई मन्त्रीबीच उक्त भेट भएको हो।
भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले खनाललाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
परराष्ट्रमन्त्री खनाल जयशंकरको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन मौरिसस गएका हुन्। उक्त सम्मेलनको आयोजना इन्डिया फाउन्डेसनले गरेको हो।
10 Apr 2026