शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

hitkhabar.com


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

यस्तै, युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा पुगेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।

अन्य प्रमुख मुद्रातर्फ अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

एशियाली मुद्रामा जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६४ पैसा र बिक्रीदर २१ रुपैयाँ ७२ पैसा तोकिएको छ। साउदी रियाल, कतारी रियाल, यूएई दिराम लगायतका खाडी मुलुकका मुद्राको दर पनि सार्वजनिक गरिएको छ।

यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा परिमार्जन हुन सक्नेछ। साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि सम्बन्धित बैंक वा राष्ट्र बैंकको आधिकारिक माध्यम हेर्न आग्रह गरिएको छ।


प्रतिक्रिया