काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ अनुसार दिउँसो ३ बजे संयुक्त बैठकलाई सम्बोधन गरिने भएको हो।
उक्त सम्बोधनका लागि राष्ट्रपतिले संघीय संसद्का दुवै सदनका सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेका छन्।
राष्ट्रपतिको सम्बोधनमार्फत सरकारका आगामी नीति तथा कार्यक्रमका प्राथमिकताबारे धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
10 Apr 2026