उपसभामुखमा रुवीकुमारी ठाकुर निर्वाचित

hitkhabar.com


काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्।

शुक्रबार सम्पन्न मतदानमा ठाकुरले २२९ मत प्राप्त गरिन्। उनको विपक्षमा पाँच मत परेको थियो भने २२ सांसदले मत नदिने विकल्प रोजेका थिए।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले ठाकुरको पक्षमा मतदान गरेका थिए। नेकपा (एमाले) तटस्थ बसेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विपक्षमा मत दिएको थियो।

यसअघि राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो। लामाको पक्षमा पाँच मत परेको थियो भने विपक्षमा २१५ मत परेको थियो। ३७ सांसदले मत नदिने निर्णय गरेका थिए।

लामाको पक्षमा राप्रपाका सांसदहरूले मात्र मतदान गरेका थिए भने अन्य दलका अधिकांश सांसदले प्रस्तावको विपक्षमा मत दिएका थिए। एमाले र नेकपाका केही सांसद भने उक्त प्रस्तावमा तटस्थ रहेका थिए।

प्रतिक्रिया