काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषि पञ्चमी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले यो पर्वलाई केवल धार्मिक कर्मकाण्ड नभई संस्कार र शुद्धताको प्रतीकका रूपमा लिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता ऋषि पञ्चमीले उजागर गर्ने उल्लेख गरेका छन् ।
“आज तीज पर्वको समापनसँगै ऋषि पञ्चमी पनि परेको छ । यस अवसरमा सबै दिदीबहिनीहरूको उत्तरोत्तर स्वास्थ्य लाभ र दीर्घायुको शुभकामना व्यक्त गर्दछु,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपालमा प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन ऋषि पञ्चमी पर्व मनाइन्छ । विशेषगरी महिलाहरूले यो दिन व्रत बसेर शुद्धता र संस्कारसँग सम्बन्धित धार्मिक अनुष्ठानमा सहभागी हुने परम्परा रहिआएको छ ।
28 Aug 2025