संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

hitkhabar.com


काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आफ्नो जनजागरण अभियान अन्तर्गत आज विराटनगरमा कार्यक्रम गर्ने भएको छ ।

मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे जनस्तरमा छलफल र प्रचार–प्रसार गर्न सुरु गरिएको अभियानको यो श्रृंखला सोमबार विराटनगरस्थित अतिथि सदनमा हुने भएको हो । उक्त कार्यक्रममा मोर्चासम्बद्ध विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा आयोजना हुने कार्यक्रममा मोर्चासम्बद्ध दलका नेताहरु सहभागी हुने जनाइएको छ ।

मोर्चाले यसअघि देशका विभिन्न स्थानमा जनजागरण अभियान सञ्चालन गर्दै आएको छ । सो अभियान अन्तर्गत आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा कार्यक्रम हुने कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया