काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनमा भेटवार्ता भएको छ।
एससिओ (SCO Plus) शिखर सम्मेलनमा सहभागी राष्ट्रप्रमुखहरूको सम्मानमा आयोजना गरिएको स्वागत समारोहमा दुबै नेताबीच भेट भएको हो।
भेटपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत ओलीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत–नेपाल सम्बन्ध चिरस्थायी एवम् विशेष छ।”
नेपाल–भारतबीच विगतदेखि कायम आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री ओली र मोदीबीचको यो भेटलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
31 Aug 2025