काठमाडौं । हाईलाइफ फूड्सले नेपाली बजारमा प्रिमियम बासमती चामल ल्याउँदै चामल व्यवसायमा औपचारिक प्रवेश गरेको छ । कम्पनीले 'एक्स्ट्रा लङ ग्रेन बासमती चामल', 'पुलाउ बासमती चामल र जिआई राइस' सार्वजनिक गर्दै बजारमा ल्याएको हो ।
नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई ध्यानमा राख्दै कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको जानकारी दिइएको छ । ‘जिआई राइस’ विशेष गरी सुगरका बिरामीहरूका लागि उपयुक्त हुने दाबी गरिएको छ ।
लामो दाना, प्राकृतिक सुगन्ध र उत्कृष्ट स्वादले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । अन्य बासमती चामलको तुलनामा हाईलाइफको चामल शुद्ध, सफा र पोषणयुक्त रहेको कम्पनीको दाबी छ ।
हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीका अनुसार, “हामी प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न प्रदान गर्दै स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने लक्ष्यमा अघि बढिरहेका छौं ।”
उनले थपे, “हाम्रो बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक गुणले भरिपूर्ण छ ।”
हाईलाइफ फूड्सले पछिल्ला दिनमा विविध उत्पादनहरूमा जोड दिँदै व्यवसायिक दायरा विस्तार गर्दै आएको छ । कम्पनीले किसान, उपभोक्ता र समुदाय लक्षित कार्यमार्फत रोजगारी सिर्जना र उत्पादन क्षमताको वृद्धिद्वारा मुलुकको समग्र आर्थिक विकासमा योगदान दिँदै आएको जनाएको छ ।
अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युगअनुकूल सेवा प्रणालीमार्फत खाद्य उद्योगमा अग्रणी भूमिका खेल्ने लक्ष्यसहित कम्पनीले सबै उत्पादनमा गुणस्तरलाई पहिलो प्राथमिकता दिँदै उच्च मापदण्डको पालना गर्दै आएको छ ।
हाईलाइफ फूड्सले अघिदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ति, बेसनलगायत स्वास्थ्यकर खाद्य वस्तुको उत्पादन तथा वितरण गर्दै आएको छ ।