सवारीसाधनको भाडा बढ्यो, कुन क्षेत्रमा कति ?

hitkhabar.com


काठमाडौं । सरकारले यात्रु तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। संघीय सडक अन्तर्गत लामो दूरीमा सञ्चालन हुने सवारी साधनमा नयाँ भाडादर लागू गरिएको हो।

सरकारको निर्णय अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत भाडा बढाइएको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको छ।

सरकारले जारी गरेको सूचनाअनुसार बढेको भाडादर आज साँझदेखि नै कार्यान्वयनमा आउनेछ। यो व्यवस्था अन्तरप्रदेश सडक यातायातमा मात्र लागू हुने जनाइएको छ। साथै, यही आधारमा प्रदेश सरकारले पनि आवश्यक अनुसार भाडा समायोजन गर्न सक्नेछन्।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा आपूर्तिमा आएको प्रभावका कारण यातायात सञ्चालन लागत बढ्दै गएको छ। भारतबाट आयात हुने इन्धन महँगिँदै जाँदा सवारी भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीहरूले गर्दै आएका थिए।


प्रतिक्रिया