काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताका आन्दोलनकारी युवालाई धैर्यपूर्वक परिस्थिति सहज बनाउन आग्रह गरेका छन्।
गोरखा, आरूघाट–९ मा आयोजित जनसंवाद कार्यक्रममा प्रचण्डले भने, “तपाईंहरूको मुद्दा र हाम्रो मुद्दा एउटै हो। भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर अघि बढ्नुपर्छ।”
उनले जेन–जी पुस्ताका आन्दोलनकारीलाई शान्तिपूर्ण तरिकाले धैर्यपूर्वक अघि बढ्न पनि अपिल गरे।
सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, पार्टीका नेता–कार्यकर्तासहितको उल्लेख्य उपस्थिति थियो।
यसैबीच, काठमाडौंसहित देशका विभिन्न ठाउँमा भइरहेको जेन–जी पुस्ताको प्रदर्शन र समसामयिक अवस्थालाई मध्यनजर गर्दै माओवादी केन्द्रले जनतासँगको मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको जनाएको छ।