काठमाडौं । देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।
तराईका केही क्षेत्रमा हुस्सु र तुँवालो लागेको छ । दिउँसो र राति पनि केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाइएको छ । प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
01 Mar 2026