मन्त्रिपरिषद्‌मा गृहमन्त्री सुधन गुरुङको वरीयता घटाइयो

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्‌को वरीयता (मर्यादाक्रम) परिवर्तन गरेका छन्। यसअनुसार गृहमन्त्री सुधन गुरुङको वरीयता घटाइएको छ। यसअघि तेस्रो स्थानमा रहेका उनलाई अब पाँचौँ स्थानमा राखिएको छ। चैत १३ गते मन्त्रिपरिषद् विस्तार हुँदा उनी तेस्रो वरीयतामा थिए।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता बढाइएको छ। यसअघि चौथो स्थानमा रहेका उनलाई अब तेस्रो वरीयता प्रदान गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर स्वीकृत गरेका हुन्।


प्रतिक्रिया