काठमाडौं । संघीय संसद अन्तर्गतका दुई संसदीय समितिहरू आज बैठक बस्दैछन्।
बिहान ८ बजे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने भएको छ।
त्यसैगरी बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ। उक्त बैठकमा हाइड्रोपावरहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जनसम्बन्धी समस्याबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल हुने जनाइएको छ।
31 Aug 2025