पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु/कुहिरो लागेको देखिनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू-भाग तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने जनाइएको छ।

बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चिसो मौसम र कुहिरोका कारण बिहान तथा रातिको समयमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया