सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ९९ हजार

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य हालसम्मकै उच्चस्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज इतिहासकै महँगो भएको हो।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। मंगलबार २३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर २३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिक्रिया