आजको मौसम : सुदूरपश्चिमसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, देशका अन्य पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा पनि यस्तै किसिमको मौसम रहने अनुमान गरिएको छ।

प्रतिक्रिया