हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना, तराईमा मुख्यतया सफा मौसम

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ।

आज बिहान तराईका केही स्थानमा हुस्सु देखिए पनि दिउँसोपछि क्रमशः मौसममा सुधार आउने जनाइएको छ। देशको हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। तराई क्षेत्रमा भने अधिकांश समय मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य क्षेत्रमा उल्लेखनीय वर्षाको सम्भावना नरहेको बताइएको छ।

मौसमविद्हरूले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया