मौसम पूर्वानुमान : सबै प्रदेशमा साधारणतया बदली, वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहने जनाएको छ ।

महाशाखाका अनुसार आज सबै प्रदेशमा साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया