कांग्रेस सांसदलाई आकस्मिक रूपमा सिंहदरबार बोलाइयो

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।


मंगलबार दिउँसो १२ बजेसम्म अनिवार्य रूपमा उपस्थित हुन सूचना दिइएको कांग्रेस सांसद सीता मिजारले जानकारी दिइन । बैठकको एजेण्डा आधिकारिक रूपमा नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्तावका लागि हस्ताक्षर गराउन सांसदहरूलाई बोलाइएको अनुमान गरिएको छ ।


रानामगरले संसद सचिवालयको लेटरप्याड प्रयोग गरेर अमेरिकाको भिसाका लागि विभिन्न व्यक्तिलाई सिफारिस पत्र लेखेको आरोप लागेको छ । उक्त विषयमा छानबिनको माग भइरहेका बेला कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।


संवैधानिक परिषद्को सदस्यसमेत रहेकी उपसभामुख रानामगरलाई पदबाट हटाउने प्रयास यसअघि पनि भएको थियो। हाल परिषद्मा कांग्रेसको प्रतिनिधित्व नरहेकाले पार्टीभित्र रानामगरविरुद्ध कडा कदम चाल्ने तयारी भइरहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया