सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले नयाँ इतिहास रचेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला दुई लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विशेषज्ञहरुको अनुसार, अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव, अमेरिकी डलरको मजबुती र कच्चा तेललगायतका कारणले सुनचाँदीको मूल्य निरन्तर बढ्ने क्रम देखिएको हो ।

प्रतिक्रिया