मौसम पूर्वानुमान : मेघगर्जन र असिनासहित वर्षा तथा हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कर्णाली र सुदुरपश्चिम प्रदेश सहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै, सुदुरपश्चिम प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा पनि यस्तै खालको मौसमी गतिविधि देखिन सक्ने बताइएको छ।

सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया