एमाले महाधिवेशनको दोस्रो दिन : समूहगत छलफल हुँदै

hitkhabar.com


काठमाडौं । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) समूहगत छलफल हुने भएको छ।

आजको बैठकमा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका थप प्रतिवेदनहरू पेस गरिने कार्यक्रम छ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सांगठनिक प्रतिवेदन तथा सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन प्रस्तुत भएको थियो।

यसैबीच, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मत पनि आजको अधिवेशनमा प्रस्तुत हुने सम्भावना छ।

महाधिवेशन आज बिहान ८ बजे सुरु हुने र १० बजेपछि प्रतिवेदन पेस गरी समूहगत छलफल आरम्भ गर्ने तालिका रहेको पार्टी स्रोतले जनाएको छ।

विधान महाधिवेशनमा देशभरबाट आएका दुई हजार २६ प्रतिनिधि र आयोजक पक्षका ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन्।

प्रतिक्रिया