काठमाडौँ । नेपाली सेनाले भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न आम जनसमुदायलाई अनुरोध गरेको छ ।
शुक्रबार सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक सूचना जारी गर्दै विद्यमान परिस्थितिमा सेनाबारे विभिन्न टिप्पणी र विश्लेषणहरू फैलाइएको भन्दै आफ्नो आधिकारिक धारणा भने नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट गरेको छ ।
सूचनामा भनिएको छ, “नेपाली सेनाको गतिविधि र धारणा सम्बन्धी कुनै पनि जानकारीका लागि आधिकारिक स्रोत नै भरपर्दो माध्यम हो । त्यसैले भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न सबैमा आग्रह गर्दछौं ।”
साथै, नेपाली सेनासम्बन्धी कुनै जानकारी लिन वा आदानप्रदान गर्न स्थानीय स्तरमा रहेका पृतना हेडक्वार्टर वा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।
स्थानीय स्तरका पृतना हेडक्वार्टर सम्पर्क नम्बरहरू:
पूर्वी क्षेत्र (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा) – ९८५२०८१७०४
मध्य पूर्वी क्षेत्र (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप, दोलखा) – ९८५४०२०७७२
मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ, चितवन) – ९८६३०२८८८४
पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाङ, लम्जुङ, बागलुङ, म्याग्दी, मुस्ताङ) – ९८५६०११४३९
मध्य पश्चिम क्षेत्र (नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम) – ९८६३०२९१३७
उत्तर पश्चिम क्षेत्र (बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला) – ९८६३०२९१७७
सुदूर पश्चिम क्षेत्र (कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरा, बैतडी, दार्चुला, बझाङ) – ९७६२३०६५६१
उपत्यका क्षेत्र (काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक) – ९८६०११३६२२
नेपाली सेनाले असत्य समाचार वा अफवाहमा भ्रमित हुनुभन्दा आधिकारिक माध्यममार्फत मात्र जानकारी लिन अनुरोध गरेको छ ।