आज देशभर आंशिक बदली, तराई क्षेत्रमा मुख्यतया सफा मौसम

hitkhabar.com


काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिनका आधारमा आज (बुधबार) देशका अधिकांश भू–भागमा सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहने जनाइएको छ। मधेश प्रदेशको तराई क्षेत्रमा पनि मौसम मुख्यतया सफा रहनेछ।

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने ती प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

लुम्बिनी प्रदेशमा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ।

सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज देशभर उल्लेखनीय वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ।

प्रतिक्रिया