काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव जारी रहेको छ। यसका कारण आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। विशेषगरी पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
22 Mar 2026