काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।
मंगलबारसम्म सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ मा कारोबार भइरहेको थियो । आज मात्रै २ हजार ६ सय रुपैयाँले वृद्धि भएपछि बजारमा सुनको मूल्य ऐतिहासिक स्तरमा पुगेको हो ।
महासंघका अनुसार सुनको मूल्य पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय मागका कारण निरन्तर वृद्धि हुँदै गएको छ ।
यसैबीच, चाँदीको मूल्य भने हल्का घटेको छ । हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँ मा कारोबार भएको चाँदी आज २ हजार ९ सय ५५ रुपैयाँ मा झरेको महासंघले जनाएको छ । चाँदीको मूल्यमा सामान्य गिरावट आए पनि यो दर पनि हालसम्मकै उच्च स्तरमा रहेको बताइन्छ ।
विशेषज्ञहरूका अनुसार सुन–चाँदी बजारमा आगामी दिनहरूमा पनि मूल्य वृद्धि हुने सम्भावना कायमै छ ।