काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर २ लाख २३ हजारमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बुधबार बढेको हो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
24 Sep 2025