काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) देशका विभिन्न भू–भागमा आंशिक बदली तथा केही स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बिहान तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो देशको हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
आज कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा/हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
22 Feb 2026