आज अधिकांश भूभागमा मौसम सामान्य, केही पहाडी क्षेत्रमा आंशिक बदली

hitkhabar.com


काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको काठमाडौंस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि अधिकांश स्थानको मौसम सामान्यतया सफा रहेको महाशाखाले बताएको हो।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी प्रदेशहरूमा मौसम सफैै रहने अनुमान गरिएको छ।

राति भने कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा देशका अन्य क्षेत्रको मौसम मुख्यतः सफा रहने पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ।

प्रतिक्रिया