राष्ट्र बैंकको निर्देशन : सीमित कर्मचारीमार्फत मात्र अत्यावश्यक सेवा सञ्चालन

hitkhabar.com


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरेर मात्र अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

बिहीबार राष्ट्र बैंकले जारी गरेको निर्देशनमा इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई संवेदनशील प्रणाली न्यूनतम कर्मचारीमार्फत निरन्तर सञ्चालन गर्न आग्रह गरिएको छ। यससँगै अत्यावश्यक बैंकिङ सेवा तथा डिजिटल भुक्तानीमा अवरोध नआओस् भन्ने उद्देश्यले निरन्तर सेवा दिनुपर्ने उल्लेख छ।

अन्य कम जोखिमयुक्त प्रणाली भने घरमै बस्दा रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले सुझाव दिएको छ। साथै, सञ्चालनमा रहेका शाखा, एटीएम तथा उपलब्ध सेवाबारे जानकारी आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न समेत बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरिएको छ।

यता, राष्ट्र बैंकले सर्वसाधारणलाई पनि यथासम्भव डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन आह्वान गरेको छ। नेपाली सेनाले भने विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरु अत्यावश्यक सेवाभित्र पर्ने भएकाले कार्यालय परिचयपत्रका आधारमा कर्मचारीहरुको आवतजावतमा सहजीकरण गरिने जनाएको छ।

प्रतिक्रिया