देशका अधिकांश क्षेत्रमा आंशिक बदली, तराईमा मुख्यतया सफा मौसम

hitkhabar.com


काठमाडौं । आज (बिहीबार) देशका अधिकांश भू–भागमा सामान्यदेखि आंशिक बदली रहने तथा धेरै स्थानमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। ती प्रदेशका तराई क्षेत्र भने अधिकांश समय मुख्यतया सफा रहने जनाइएको छ।

मधेश प्रदेशको तराई भू–भागमा दिनभर मौसम मुख्यतया सफा रहने अनुमान छ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा समेत मौसम प्रायः सफा रहनेछ भने ती प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया सफा मौसमको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि नियमित सूचना लिन आग्रह गरेको छ।

प्रतिक्रिया