कार्यवाहक प्रधानमन्त्रीमा प्रकाशमान सिंह

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको रुपमा तोकेको जनाएको छ।

सिंह ओली नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो वरियतामा रहेका नेता हुन्। प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेका बेला देशको दैनिक सरकारी कामकाज सिंहले हेर्ने जिम्मेवारी पाउनेछन्।


प्रतिक्रिया