जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन

hitkhabar.com


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल, धनुषाले आइतबार जनकपुरधाममा विरोध र जनप्रदर्शन गरेको छ।

हजारौं कार्यकर्ता सहभागी भएको उक्त प्रदर्शन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि लगाइएका “झुटा आरोप” को विरोधस्वरूप गरिएको हो। जसपाका अनुसार यादवलाई गौर घटनामा फसाउने राज्यको प्रयासविरुद्ध एक सातादेखि जनकपुरमा निरन्तर आन्दोलन हुँदै आएको छ।

विरोध र्याली जनकचोकबाट सुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभामा नेताहरूले भूमि विधेयकमार्फत मधेशलाई “औपनिवेशिकरण गरी मरुभूमीमा रुपान्तरण गर्ने षड्यन्त्र” भइरहेको आरोप लगाउँदै तत्काल रोक्न सरकारलाई चेतावनी दिए।

प्रदर्शनकारीहरूले “भूमि विधेयक फिर्ता लेउ, झुटा मुद्दा खारेज गर, मधेशमाथि षड्यन्त्र बन्द गर” भन्ने नारासहित सरकारको कडा आलोचना गरेका थिए। उनीहरूले जसपा अध्यक्ष यादवलाई १८ वर्ष पुरानो मुद्दामा फसाउन राज्य संयन्त्र सक्रिय भएको आरोप पनि लगाए।

कोणसभामा नेताहरूले चेतावनी दिँदै भने— “यदि मधेशमाथिको षड्यन्त्र बन्द भएन भने कडा संघर्षको बाटो रोज्न बाध्य हुनेछौं।”

प्रतिक्रिया