काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस १८) सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो।
यससँगै, अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख ६२ हजार ५ सय रुपैयाँमा पुगेको छ।
यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा १ सय १० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
02 Jan 2026