प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेश फर्किँदै

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ६ बजे काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली चीनको तियानजिनमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएका थिए । सम्मेलनलाई सम्बोधन गर्दै उनले क्षेत्रीय सहयोग, आपसी सम्बन्ध र विकास साझेदारीमा नेपालको धारणा प्रस्तुत गरेका थिए ।

चीन बसाइँका क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय बैठक तथा महत्वपूर्ण भेटवार्ता गरेका थिए । भ्रमण सकिएपछि आज उनी काठमाडौं फर्कँदैछन् ।

प्रतिक्रिया