काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालयहरूलाई विद्यार्थीबाट गैरकानुनी रूपमा असुल गरिएको शुल्क तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार केही निजी विद्यालयहरूले कानुन विपरीत शुल्क लिइरहेको भेटिएको छ र उक्त रकम फिर्ता गर्न आदेश जारी गरिएको हो।
निर्देशन पालना नगरेमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा कडा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।
यसैबीच, मन्त्रालयले शुल्कसम्बन्धी गुनासो समाधानका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा हेल्प डेस्क स्थापना गरेको जनाएको छ, जहाँ विद्यार्थी र अभिभावकले प्रत्यक्ष उजुरी गर्न सक्नेछन्।
08 Apr 2026