आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठक, यस्ता छन् कार्यसूची

hitkhabar.com


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा सन्देश प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।

बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् ।

त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

व्यवस्थापन कार्य अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया