आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । देशको पश्चिमी भागमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उक्त प्रणालीको प्रभावका कारण आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

दिउँसोतिर देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ ।

यसअघि पनि पछिल्ला दिनमा पश्चिमी वायुको सक्रियताका कारण देशका विभिन्न पहाडी भू–भागमा हल्का वर्षा र हिमपात भइरहेको छ । मौसमविद्हरूका अनुसार पश्चिमी प्रणालीको प्रभाव शनिबारसम्म रहन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया