काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २६.२२ अंकले घट्दै २८ सय अंकको तल झरेको छ। नेप्से २७९६.२४ बिन्दुमा बन्द हुँदा अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि कम भएको छ।
आज ३२३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँमा किनबेच भएका छन्। सोमबार यो रकम १० अर्ब २१ करोड रुपैयाँ थियो।
सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेर बन्द भयो। फ्लोट इन्डेक्स १.८४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३३ अंकले घटेका छन्।
यसदिन सिटि होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ५७.७८ रुपैयाँ बढेर ६३६.२० रुपैयाँमा पुग्यो। समाज लघुवित्त ११६.१९ रुपैयाँले बढेर २७९२.६३ रुपैयाँमा पुगेको छ। हिमालयन बैंकको बोन्ड ४३.७६ रुपैयाँले बढेर ११३८.९६ रुपैयाँमा पुगेको छ भने कृषि विकास बैंकको डिबेन्चर ३९.३९ रुपैयाँ बढेर ११२० रुपैयाँमा पुगेको छ।
उता, सिकलेस हाइड्रोपावरमा नकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ११४.५५ रुपैयाँले घटेर १०३२.५१ रुपैयाँमा बन्द भयो। उन्नती सहकार्य लघुवित्त १७९.७४ रुपैयाँले घटेर २०६६.५४ रुपैयाँमा पुगेको छ भने लक्ष्मी लघुवित्त ७०.९५ रुपैयाँले घटेर १०८४.८७ रुपैयाँमा पुगेको छ।
आजको कारोबारमा सिभम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक र बुटवल पावर कम्पनी अग्रस्थानमा रहे।