जनकपुरधाम । सरकारले चालेको दमनकारी कदमविरुद्ध जेन–जी पुस्ताको आन्दोलन मंगलबार जनकपुरमा झनै चर्किएको छ। बिहानैदेखि सयौं युवाहरू सडकमा उत्रिएर बजार क्षेत्रसहित विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।
आन्दोलनकारीहरूले टायर बाल्दै नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त राजीनामा दिनुपर्ने माग गरेका छन्।
जनकपुर बजार मात्रै होइन, आसपासका क्षेत्रमा समेत युवाहरूले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन्। आन्दोलन अझै फैलिने संकेत देखिएको छ।
09 Sep 2025