आजको मौसम : कोशीसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहँदा आजको मौसम मिश्रित रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

यसैगरी, कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया