संविधानको धारा ६१ को आधारमा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

hitkhabar.com


२७ भदौ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

यसअघिका सबै सरकारहरू संविधानको धारा ७६ अन्तर्गत गठन भए पनि, हालको जेन–जी आन्दोलनको चापपछि कार्कीलाई धारा ६१ प्रयोग गरेर नियुक्त गरिएको हो।

संविधानको धारा ६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था उल्लेख छ, जसमा राष्ट्राध्यक्षका अधिकार, कर्तव्य र भूमिकाबारे प्रावधान गरिएको छ।

प्रधानमन्त्री नियुक्तिबारे प्रत्यक्ष प्रावधान नभए पनि सोही धारा अन्तर्गतको अधिकार प्रयोग गर्दै राष्ट्रपति पौडेलले कार्कीलाई नियुक्त गरेको बताइएको छ।

उक्त धाराले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको रक्षा गर्ने र संघीय कानुन अनुसार काम गर्ने जिम्मेवारी दिएको छ। यही व्यवस्थालाई आधार बनाएर हालको नियुक्ति गरिएको हो।


प्रतिक्रिया