मधेश प्रदेशमा शुक्रबार सार्वजनिक विदा

hitkhabar.com


जनकपुर । मुस्लिम समुदायले मनाउने मोहम्मद जयन्तीको अवसरमा भोलि (शुक्रबार) मधेश प्रदेशमा सार्वजनिक विदा दिइने भएको छ।

मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले सूचना जारी गर्दै शुक्रबार प्रदेशभर सार्वजनिक विदा रहने जानकारी दिएका हुन्।

प्रदेश सरकारले २०८१ चैत्र २२ गते प्रकाशित मधेश राजपत्रमा उल्लेख भएअनुसार २०८२ सालमा दिइने थप विदाको सूचीअनुरूप मोहम्मद जयन्तीको दिन विदा दिने निर्णय गरेको हो।

प्रदेश सरकार गठन भएदेखि नै प्रत्येक वर्ष मोहम्मद जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिइँदै आएको छ।



प्रतिक्रिया