काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने दिनभर मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ। यस्तै, बाँकी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। अन्य पहाडी भू–भागमा आंशिक बदली रहनेछ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा आंशिक बदली र केही स्थानमा वर्षा/हिमपातको सम्भावना रहेकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
24 Feb 2026