काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशसहित बाँकी हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसैबीच, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
मौसममा आएको यस परिवर्तनले चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
01 Feb 2026