काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी देखिएको छ ।
उनको स्वास्थ्य परीक्षणपछि चिकित्सक डा. जितेन्द्र प्रसाद यादवले दिएको जानकारीअनुसार लामिछानेको शरीरमा आवश्यक मात्रामा भिटामिन ‘डि’ नदेखिएको हो ।
डा. यादवका अनुसार रूपन्देही कारागारमा १२६ दिनसम्म थुनिँदा लामिछाने बाहिरी हावापानी र सूर्यको किरणबाट वञ्चित भएकै कारण शरीरमा यस्तो कमी आएको हुनसक्छ । लामो समयसम्म सूर्यको किरण नपुग्दा शरीरमा भिटामिन ‘डि’को उत्पादन घट्ने भएकाले यो समस्या देखिएको बताइन्छ ।
लामिछानेको स्वास्थ्यस्थितिलाई ध्यानमा राख्दै केही विषयमा गम्भीर सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको चिकित्सक यादवले बताए । यसै सन्दर्भमा उनले नख्खु कारागारमै पुगेर सभापति लामिछानेलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका हुन् ।
19 Aug 2025