संसद भवन बाहिर आजपनि आक्रोशित युवा, नयाँ सरकार गठनको माग

hitkhabar.com


काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर आज बिहानै जेनजीको प्रदर्शनसँगै सर्वसाधारण युवाहरु आक्रोशित मुद्रामा देखिएका छन्।

जेनजी पुस्तामाथि भएको दमनले आम नागरिकसमेत आक्रोशित बनेका छन्। संसद भवन नजिकै रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले तत्काल राजीनामा दिएर सडकमा आउनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउनु र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ।”

पोखरेलले युवाहरुलाई फेरि पनि माइतीघर मण्डलामा जुट्न आह्वान गरेका छन्। उनले थपे, “म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपाली सेनाका साथीहरुलाई भन्दछु— छोराहरुको बलिदान सम्झिनु पर्छ।”

यसबीच, जेनजी आन्दोलनको प्रभाव राजधानीभर फैलिँदै गएको छ।

प्रतिक्रिया